शेयर बजारमा १७० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ जेठ २८ बुधवार १५:२५
shares

काठमाडौं, २८ जेठ । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.२८ अंकले बढेर २,६७८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ९० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.८३ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने बोटर्लस बालाजुका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् भने बिन्ध्यवासिनी जलविद्युतका लगानीकर्ताले ३.६४ प्रतिशतका दरले गुमाएका छन् ।

















