Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.59K
shares

काठमाडौं, २९ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०८ अंकले बढेर २,६५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १२ अर्ब ५१ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जी का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन  चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.७८ प्रतिशतका दरले कमाएका छन् भने रसुवागढी जलविद्युतका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले कमाएका छन् ।