Dhulikhel Eco Banner new

बजेट घटाएँ तर पत्रकारले वाह वाह भनेनन् : मुख्यमन्त्री शाही

6.21K
shares

काठमाडौं, ४ असार । कर्णाली प्रदेशका मूख्यमन्त्री जीवनबहादुर शाहीले पत्रकारले राम्रो कुरालाई नलेखेको भन्दै गुनासो गरेका छन् । वित्तीय अनुशासनमा आफूले विशेष ध्यान दिएको भन्दै मूख्यमन्त्री शाहीले यस विषयमा स्थानीय पत्रकारले ध्यान नदिएको गुनासो गरेका हुन् ।

मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले संयुक्त रुपमा आयोजना गरेको पुँजी बजार सचेतना कार्यक्रममा बोल्दै उनले पत्रकारले सहिलाई सहि र गलतलाई गलत लेख्नुपर्ने बताए । आगामी आर्थिक वर्षको बजेट ३६ अर्बबाट कर्णाली सरकारले घटाएर ३२ अर्ब बनाएको भन्दै उनले यस विषय पत्रकारको प्राथमिकतामा नपरेको बताए । ‘हामी मात्रै यस्तो प्रदेश हो जसले बजेट ४ अर्ब घटाएर ल्याएका छौँ, तर यहाँ वित्तीय अनुशासनको त कुरै छैन’ उनले भने, ‘पत्रकारले पनि वाही वाही भनेर लेखेनन् ।’

आफूले मूख्यमन्त्री कार्यालयकै बजेट समेत कटौती गरेको उनले बताए । यस अघि मुख्यमन्त्री कार्यालयको बजेट ४ अर्ब भन्दा बढी हुने गरेको भन्दै आफूले त्यसलाई पुरै कटौती गरेको बताए । तर यस विषयमा पत्रकारको कलम नचलेको उनको गुनासो छ ।