Dhulikhel Eco Banner new

असारमा अधिकांश बैंकको ब्याजदर यथावत, हेर्नुस् कुन बैंकको कति ?

2.42K
shares

काठमाडौं, १ असार । वाणिज्य बैंकहरुले असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा लाग्ने ब्याजदर सार्वजनिक गरेका छन्। गत जेठ महिनाको तुलनामा यस महिनामा औषत ब्याजदरमा सामान्य गिरावट हो।

नेपाल बैंकर्स संघले संकलन गरेको विवरणअनुसार, जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औषत अधिकतम ब्याजदर ५.९५२ प्रतिशत रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दुले घटेर ५.९०२ प्रतिशतमा झरेको हो।

२० वाणिज्य बैंकहरूमध्ये १५ बैंकले आफ्नो ब्याजदरमा कुनै परिवर्तन नगरेर अघिल्लो महिनाको दरलाई निरन्तरता दिएका छन्। तर बाँकी ५ बैंक – कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्, जसका कारण औषत ब्याजदरमा सामान्य गिरावट आएको हो।

असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले तोकेका छन्। यी दुबै बैंकले अधिकतम ६.५५ प्रतिशत ब्याज दिने घोषणा गरेका छन्।

विपरीत, सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंक र नेपाल बैंकले तोकेका छन्। यी दुई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५।४५ प्रतिशत ब्याज दिने भएका छन्।

हेर्नुस कुन बैंकको कति ब्याजदर : 

बैंक जेठको ब्याजदर (प्रतिशतमा) असारको ब्याजदर (प्रतिशतमा)
एभरेष्ट ६.६४ ६.५५
एनआईसी एशिया ६.६ ६.५५
सानिमा ६.३३ ६.३३
प्राइम कमर्सियल ६.२५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५
हिमालयन ६.२५ ६.२५
प्रभु ६.१ ६.१
ग्लोबल आइएमई
एनएमबि ६.६
माछापुच्छ्रे
राष्ट्रिय वाणिज्य
सिद्धार्थ ५.७५ ५.७५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिटिजन्स ५.६५ ५.६५
कुमारी ५.९१ ५.५१
कृषि विकास ५.५१ ५.४५
नेपाल बैंक ५.४५ ५.४५
नेपाल एसबिआई ५.५ ५.५
नेपाल इन्भेष्टमेन्ट मेगा ५.५ ५.५