सम्पदा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतको विदाई तथा सम्मान कार्यक्रम
वि.सं.२०८२ असार १ आइतवार ११:४०
shares

काठमाडौं, १ असार । सम्पदा लघुवित्त वित्तीय सस्था लिमिटेडका संस्थापक प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलको विदाई तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
पौडेलले आफ्नो २ वटा कार्यकाल गरि ८ वर्ष २१ दिन सफलतापूर्वक पूरा गरी स्वेच्छिक अवकाशका लागि राजीनामा वैशाख ११ गते दिएकामा सञ्चालक समितिले जेठ २१ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको थियो ।
सम्पदा लघुवित्तका सञ्चालक समितिका अध्यक्ष प्रदिप सिग्देल (शर्मा)ले टीका, खादा, दोसल्ला ओढाई सम्मान तथा विदाई गरेका थिए ।
सञ्चालक समितिका वरिष्ठ सञ्चालक जिवमूर्ति पन्तले पौडेललाई कदर पत्र प्रदान गरेका थिए भने सस्थाको सञ्चालक समितिका युवा सञ्चालक विनोद तामाङले मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, सञ्चालक अर्जुन कुमार सिं, भेषराज रोकायाले खादा तथा टीका लगाई दिएका थिए ।
मन्तब्यको क्रममा सञ्चालक जिवमूर्ति पन्त, सञ्चालक समितिका अध्यक्ष प्रदिप सिग्देल (शर्मा)ले पूर्व प्रमुख कार्यकारी अधिकृत पौडेलले गरेको योगदानको चर्चा गरेका थिए ।
चितवन स्थित होटल सिराइचुलीमा संस्थाको तर्फबाट सञ्चालक समितिका पदाधिकारीहरु, संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, एवम् नायब कार्यकारी अधिकृत, नायब महाप्रवन्धकहरु, सहायक महाप्रवन्धकले समेत विदाई गरेका थिए ।
उक्त कार्यक्रममा १५५ शाखाका शाखा प्रमुखहरु, ११ वटा अनुगमन अधिकृतहरु, १४ विभागीय प्रमुखहरु तथ अन्य १७ जना कर्मचारीहरु सहित २०७ जनाको उपस्थिति रहेको थियो ।
संस्थापक प्रमुख कार्यकारी अधिकृत पौडेललाई कर्मचारीहरुले छुट्टै विदाई कार्यक्रम चितवन स्थित दियालो फुडल्याण्डमा गरेका थिए भने कार्यक्रममा १४९ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नायव महाप्रवन्धक पवन कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले विदाई सम्बन्धित शब्द प्रकट गरेका थिए ।
सम्पदा लघुवित्तका पूर्व प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले करिब ३ वर्ष अध्यापन पेशामा रही काम गरेका थिए भने २०४९ सालमा व्यवस्थापक पदबाट सुरुवात गरी निर्धन उत्थान बैंक लिमिटेडमा आफ्नो लघुवित्त क्षेत्रको करियर सुरु गरेका पौडेल सहायक महाप्रबन्धक पदबाट स्वेच्छिक अवकाश पश्चात् कालिका लघुबित्त, इन्फिनिटी लघुवित्त र साविक सबैको लघुबित्तको प्रमुख कार्यकारी अधिकृत हुँदै सस्था मर्जर पश्चात् बनेको सम्पदा लघुवित्त वित्तीय सस्थाको सस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली कार्य गर्दै आइरहेकोमा आफ्नो २ कार्यकालको सफलतापुर्वक समाप्ति पश्चात् लघुवित्तको ३१ बर्षको अनुभवलाइ संगाल्दै बिदाइ भएका छ्न ।
सस्थाबाट एउटा पौडेलको बिदाइ हुँदै गर्दा पुनः अर्का पौडेल अर्थात नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको रुपमा लक्ष्मण पौडेलको आगमन भएको छ । उनको पनि बैंक वित्तीय सस्थामा ठूलो योगदान एवम अनुभव रहेको छ, नेपाल बैंक लिमिटेडको उप प्रबन्धक पदबाट बैंकिङ क्षेत्रमा आफ्नो करियर शुरु गरेका पौडेल उक्त बैंकमा एसीइओ पदबाट पदावधिको समय सकिएको कारण अवकाश लिएका थिए भने उनि पुर्बान्चल ग्रामीण विकास बैंकको संचालकको भुमिकामा,नेपाल इ इन्स्योरेन्सको संचालकको भुमिकामा १० बर्ष अनुभव लिएका छन् । त्यसका बाबजुत उनले थप क्याम्पसमा अध्यापन कार्यमा पनि प्रतक्ष्य सलग्न रहेका थिए ।















