Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.32K
shares

काठमाडौं, २ असार । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.४० अंकले बढेर २,६५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन पिपुल्स पावरका लगानीकर्ताले ९.९९प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.३७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि,सोल्टी होटलका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् भने सनराइज फर्स्ट म्युचुअल फन्डका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् ।