Dhulikhel Eco Banner new

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.61K
shares

काठमाडौं, २ असार । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.४० अंकले बढेर २,६५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.५८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६.३३ प्रतिशतका दरले गुमाएका छन् भने सिनर्जी पावरका लगानीकर्ताले ४.८४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् भने माउन्टेन इनर्जीका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाएका छन् ।