Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

2.18K
shares

काठमाडौं, ३ असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। यसमा लागि ३५ दिनको अवधि दिइएको छ।

सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित तोकिएको म्यादभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।