Dhulikhel Eco Banner new

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

1.78K
shares

काठमाडौं, ६ असार । मारवाडी समुदायअन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरले सामाजिक उत्तरदायित्वअन्तर्गत एक सराहनीय कार्य गर्दै जनचेतना आधारभूत विद्यालय, विराटनगरमा अध्ययनरत १९८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

मञ्चकी अध्यक्ष ललिता जाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई जुत्ता, मोजा, कपी, कलम लगायतका शैक्षिक सामग्री एकैसाथ वितरण गरिएको हो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्नुका साथै उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउनु रहेको मञ्चले जनाएको छ।

कार्यक्रममा विराटनगर माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अखिल भारतीय महेश्वरी महिला संगठन पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, महेश्वरी महासभाका सदस्य बजरंग बाहेती, महेश्वरी युवा संगठनका संयुक्तमन्त्री विवेक, नेपाल महेश्वरी परिषद् पूर्वाञ्चल उपाध्यक्ष आनन्द जाजू, विराटनगर महेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठी, वडा नं। ६ का वडाध्यक्ष हरिश्चन्द्र साहनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत शाह, विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतम, लक्ष्मी सनराइजर्स बैंकका शाखा प्रबन्धक हीना थापा, तथा कार्यक्रम संयोजक शीतल बाहेतीलगायतको उपस्थिति रहेको थियो।

माहेश्वरी महिला मञ्च विराटनगर यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको छ ।