११ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात, सरकारलाई झण्डै ६ अर्ब राजस्व
वि.सं.२०८२ असार ७ शनिवार ०७:२२
1.43K
shares
shares

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालले ३२ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात गरेको छ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनाको अवधिमा देशमा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँ बराबरको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो।
स्मार्टफोन आयातबाट सरकारले झण्डै ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ। विभागका अनुसार सरकारलाई यो अवधिमा ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।















