Dhulikhel Eco Banner new

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी अनिश्चितकालीन आन्दोलनमा

2.94K
shares

काठमाडौं, १३ असार । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा लगाएको अतिरिक्त करको विरोधमा व्यवसायीहरू शुक्रवारदेखि सडकमा उत्रिएका छन्।

शुक्रवार बिहानदेखि राजधानीको प्रमुख व्यावसायिक क्षेत्र न्यूरोड पूर्ण रूपमा ठप्प पारिएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा सम्पूर्ण व्यवसाय बन्द गर्दै व्यापक प्रदर्शन गरेका छन् ।

सरकारले सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लागू गरेपछि आक्रोशित बनेका व्यवसायीहरू आन्दोलित भएका हुन्।

पहिले सरकारसँग वार्ता भएर केही समयका लागि आन्दोलन रोकिएको थियो। तर, संसद्मा बजेट पारित हुँदै गर्दा व्यवसायीका माग बेवास्ता गरिएको भन्दै उनीहरूले अनिश्चितकालका लागि व्यापार बन्द गर्ने निर्णय गरेका छन्।

विरोध स्वरूप व्यवसायीहरूले संयुक्त रूपमा र्‍याली निकालेका छन्, जसका कारण न्यूरोड क्षेत्रमा सवारीसाधन चल्न सकेका छैनन्। अधिकांश पसलहरू पनि पूर्ण रूपमा बन्द गरिएका छन्।