उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार १७ मंगलवार १५:४१
shares

काठमाडौं, १७ असार । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.४४ अंकले बढेर २,६६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतका दरले बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका छन् भने बरण हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी राप्ती हाइड्रोपावरका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले कमाएका छन् भने सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०९ प्रतिशतका दरले कमाएका छन् ।



















