Dhulikhel Eco Banner new

सरकारको आन्तरिक कर्जा ३.४ प्रतिशतले वृद्धि

1.59K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म सरकारको आन्तरिक कर्जा ३।४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर ३.५ प्रतिशत थियो। वार्षिक विन्दुगत आधारमा हेर्दा, जेठ मसान्तमा आन्तरिक कर्जा ६.० प्रतिशतले बढेको छ।

यस अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी भने २२.१ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्ष १२.५ प्रतिशतले घटेको थियो। वार्षिक विन्दुगत रूपमा हेर्दा यस्तो दाबी ७.६ प्रतिशतले कमी आएको देखिएको छ।

मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी भने ८.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तै वृद्धि दर ६.६ प्रतिशत थियो। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तसम्म निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले बढेको छ। यसले निजी क्षेत्रमा कर्जाको पहुँच विस्तार भइरहेको संकेत गर्छ।