Dhulikhel Eco Banner new

नेपाली क्रिकेटर पुजा महतो ‘विरा एजुकेसन कन्सलटेन्सी’को ब्रान्ड एम्बासडर नियुक्त

3.47K
shares

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।

आइतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुजा महतो र विरा एजुकेसनबीचको सहकार्य सुरु गरिएको हो।

कार्यक्रममा पुजा महतो र कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जनले संयुक्त रूपमा ब्रान्ड एम्बासडर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार महतोले अब विरा एजुकेसन’का विभिन्न कार्यक्रम अभियान र प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्।

पुजा महतो हाल नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान हुनुका साथै यु-१९ टिमको पूर्व कप्तान समेत रहेकी छिन्। उनको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलोपटक सन् २०२३ मा यु-१९ महिला विश्वकप खेलेको थियो।

क्रिकेटमा उनको निरन्तर योगदान र युवा पुस्तामाझ उनको सकारात्मक प्रभावका कारण उनलाई ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरिएको विरा एजुकेसनले जनाएको छ। संस्थाले जानकारी दिएको अनुसार पुजासँग गरिएको यो सहकार्य दीर्घकालीन हो र उनी राष्ट्रिय टिमको किकेट करियर अवधिभर संस्थासँग आबद्ध रहनेछिन्।

ब्रान्ड एम्बासडर बनेपछि आफ्नो अनुभव सुनाउँदै पुजा महतोले भनिन्, “यो मेरो जीवनको एउटा गर्वको क्षण हो। मलाई यो अवसर प्रदान गर्ने विरा एजुकेसनलाई धन्यवाद दिन चाहन्छु। विशेषगरी मेरा ममी–ड्याडीप्रति आभार प्रकट गर्न चाहन्छु जसले सधैं मलाई प्रेरणा दिनुभयो। यो शिक्षा र क्रिकेटको संयोजन निकै अर्थपूर्ण लागिरहेको छ।”

पुजाले युवा पुस्तामा शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउन प्रेरणा दिन आफू कटिबद्ध रहने बताइन्। विरा एजुकेसन कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जनले भनिन्  हामीले यो सहकार्य आर्थिक लाभभन्दा पनि महिलाको सशक्तीकरण र शिक्षा–खेलकुदको संयुक्त प्रवर्द्धनका लागि सुरु गरेका हौं। पुजाजस्तो रोल मोडलसँग काम गर्न पाउनु हामी सबैका लागि गौरवको कुरा हो।

सम्झौता रकम भने खुलाइएको छैन। पत्रकारहरूको जिज्ञासामा महर्जनले भनिन्अ माउन्टभन्दा महत्वपूर्ण कुरा पुजासँगको सहकार्य हो। हरेक वर्ष सहकार्य विस्तार गर्दै जानेछौं। रकम पनि सोहीअनुसार परिमार्जन हुँदै जानेछ।

पुजा महतो अब विरा एजुकेसन कन्सलटेन्सीका विभिन्न ब्रान्डिङ अभियान, डिजिटल सामग्री निर्माण, शैक्षिक मेला, छात्रवृत्ति कार्यक्रम युवा समेलन तथा सामाजिक उत्तरदायित्वका कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्।

 कार्यक्रमका प्रमुख अतिथि क्रिकेट संघ नेपालका अध्यक्ष चतुुरबहादुर चन्द प्रमुख अतिथिले नेपाली खेलकुदको विकास र आत्मनिर्भरता विषयमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन् । अध्यक्ष चन्दले नेपाली खेलाडीलाई आत्मनिर्भर बनाउने दिशामा काउन्सिल र संघले उल्लेखनीय भूमिका खेलेको उल्लेख गरे।

उनका अनुसार यस्ता कार्यक्रमले विशेषगरी नेपाली महिलाहरूलाई खेलकुदमा अघि बढ्न प्रेरणा दिएको छ। महिलाहरूको सहभागिता सुरुवातमा सीमित थियो तर अहिले महिला क्रिकेट लोकप्रिय हुँदै गइरहेको छ बताए। उक्त कार्यक्रममा महिला क्रिकेट टोली जम्मा ४ वटा मात्र भए पनि विस्तारै यसले व्यापकता पाइरहेको जानकारी दिइयो। उनले थपे, “नेपालमा चाँडै नै विश्वकप आयोजना हुँदैछ, जुन ऐतिहासिक अवसर हुनेछ।”

चन्दले क्रिकेट संघको गतिबिधि पारदर्शी रूपमा अगाडि बढिरहेको र राष्ट्रिय क्रिकेट लिग समेत सक्रिय रहेको उल्लेख गरे। चन्दले बजारमा देखिएको विवादको विषयमा बोल्दै उनले भने बिबाद हर समय नकारात्मक नै हुँदैनन् सफलतासँग जोडिन सक्ने अवसर पनि हुन्।

खेलाडी चयन प्रक्रियाको विषयमा अध्यक्ष चन्दले प्रशिक्षकको परीक्षण बिना कसैलाई सिधै टिममा समावेश गर्न नसकिने स्पष्ट पारे। यो महिला क्रिकेटलाई दिएको समर्थन हो जसले भविष्य निर्माण गर्छ उनले उल्लेख गरे

उक्त कार्यक्रमको अन्तयमा सम्मानित कार्यक्रम रहेको पनि थियो । कार्यक्रमा  नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पूर्व प्रशिक्षक जगत गुरू -जगत टमाटा लाई विशेष सम्मान गरिएको छ। क्रिकेट संघ नेपालका पूर्व प्रशिक्षक समेत रहेका टमाटाले सन् १९९५ मा मुम्बईमा नेपाली क्रिकेट टोलीबाट खेलिसकेका छन्।

साथै उनी क्रिकेटसँगै हाकी खेलमा पनि उत्तिकै सक्रिय थिए। खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आइतवार उनलाई सम्मान गरिएको हो। यो सम्मानप्रति आभार व्यक्त गर्दै उनले आयोजक तथा सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका छन्।