Dhulikhel Eco Banner new

पहिरो खसेर बागलुङ–गलकोट सडकखण्ड अवरुद्ध

2.76K
shares

काठमाडौं, ३० असार । पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गतको बागलुङ–गलकोट सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी ट्राफिक पोष्ट खर्बाङका अनुसार गएराति परेको वर्षापछि गलकोट नगरपालिका–११ रिघाको काउछेमा सडक माथिबाट खसेको पहिरोले लोकमार्ग पूर्णतः ठप्प भएको छ ।

बागलुङ(गलकोट सडकखण्ड अवरुद्ध हुँदा जाजरकोट, रुकुम, रोल्पा, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा र काठमाडौँ जाने तथा बिहुँ, गलकोट, ताराखोलादेखि बुटवल जाने सबै सवारीसाधन बाटोमै रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन् । अस्थायी ट्राफिक पोष्ट खर्बाङका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।