शेयर बजारमा ३२ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ असार ३० सोमवार १५:०५
2.12K
shares
shares

काठमाडौं, ३० असार । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३२ अंकले घटेर २,७२८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब १७ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.९० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४६ प्रतिशतका दरले गुमाएका छन् ।














