Dhulikhel Eco Banner new

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.15K
shares

काठमाडौं, ३० असार । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम गैरसंस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

काठमाडौंको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।