Dhulikhel Eco Banner new

७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” को निष्कासन चार गुणाभन्दा बढी ओभरसब्सक्राइब

1.63K
shares

काठमाडौं, ४ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको “७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” को निष्कासन अत्यधिक सफल भएको छ। कुल ३० लाख इकाई, प्रत्येक इकाईको अंकित मूल्य १ हजार रहेको यस ऋणपत्रको निष्काशनमा १ करोड २० लाखभन्दा बढी इकाइका लागि आवेदन प्राप्त भएको छ । जुन कुल प्रस्तावित इकाइको चार गुणाभन्दा बढी हो।

२०७९ असार ३० गतेदेखि साउन १ गतेसम्म खुला रहेको निष्काशनमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। यसले बैंकप्रति लगानीकर्ताहरूको उच्च विश्वास र बैंकको वित्तीय स्थायित्वप्रति देखिएको भरोसा प्रकट गर्छ।

यस ऋणपत्र अन्तर्गत कुल ३० लाख इकाईमध्ये १८ लाख इकाई निजी प्लेसमेन्टमार्फत बिक्री गरिएको थियो भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो। तीमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो।

१० वर्ष अवधिको यो ऋणपत्रमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ, जसले यसलाई आकर्षक लगानी विकल्पका रूपमा स्थापित गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति प्राप्त गरेको यो ऋणपत्र निष्काशनमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी बहन गरेको थियो।