सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन ७ बुधवार १५:१७
shares

काठमाडौं, ७ साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१७ अंकले बढेर २,९८३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ५७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन ग्रिन भेन्चर्सका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी इनर्जीका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, बेष्ट फाइनान्सका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले कमाएका छन् ।



















