एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
वि.सं.२०८२ साउन २० मंगलवार १८:०३
shares

काठमाडौं, २० साउन । मनसुनको मौसममा देखिने आकस्मिकता तथा सम्भावित प्राकृतिक विपद् जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न उद्धार सामग्रीहरू नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गवामेले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरे।
हस्तान्तरण गरिएका सामग्रीहरूमा १६–व्यक्ति अट्ने सेल्फ–लेभलिङ राफ्ट, लाइफ ज्याकेटहरू, र अन्य आपतकालीन उद्धार उपकरणहरू समावेश छन्।
मनसुनको समयमा बाढी, डुबान र जलजन्य विपद्का घटनाहरूको सम्भावना उच्च हुने भएकाले, प्रहरीको उद्धार तथा राहत कार्यमा यी सामग्रीहरूले सहयोग पुर्याउने अपेक्षा बैंकले गरेको छ।


















