अनलाइन मिडिया दर्ता तथा नविकरण अनिश्चितकालका लागि स्थगित
वि.सं.२०८२ साउन २० मंगलवार २१:३१
shares

काठमाडौं, २० साउन । अनलाइन पत्रिका दर्ता तथा नविकरण अनिश्चितकालका लागि स्थगन भएको छ । १४ गते नेपाल राजपत्रमा प्रकाशित एक सूचना पश्चात मंगलबारबाट सूचना तथा प्रशारण विभागले अनलाइन दर्ता तथा नविकरण सम्बन्धी सबै काम स्थगित गरेको हो ।
अनलाइन पत्रिकाहरु हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माताहतको सूचना तथा प्रशारण विभागमा दर्ता तथा नविकरण हुँदै आएको थियो । गत १४ गते स्थानीय अधिकारीको कार्यालयमा दर्ता हुने सूचना प्रकाशित भएपछि विभागले यस्तो काम रोकेको हो ।
उता जिल्ला प्रशासन कार्यालयमा भने दर्ता तथा नविकरणको काम सुरु भएको छैन । नविकरण गर्ने बेलामा आएको यो सूचनाले चालुआर्थिक वर्षका लागि नविकरण गर्न बाँकी अनलाइनका सञ्चालकहरु अलमलमा परेका छन् ।


















