Dhulikhel Eco Banner new

पब्लिक यूथ क्याम्पसमा इन्टरप्रेनरशीप मिट एण्ड यूथ फेस्टिभल २०२५ हुने

4.76K
shares

काठमाडौं, साउन २० । पब्लिक यूथ क्याम्पसले आगामी साउन २३ गते “इन्टरप्रेनरशीप मिट एण्ड यूथ फेस्टिभल २०२५ ९भर्सन १।००” आयोजना गर्ने भएको छ। क्याम्पसको विविएम तहका सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको अगुवाइ तथा व्यवस्थापनमा कार्यक्रम आयोजना गरिन लागेको हो।

क्याम्पस परिसरमै आयोजना हुने यो कार्यक्रममा करिब ३० वटा स्टल रहनेछन्, जसमा विद्यार्थीहरूले स्थानीय परिकारदेखि व्यवसायिक विचारहरूसम्म प्रस्तुत गर्नेछन्। फेस्टिभलमा सांगितिक प्रस्तुति, इ(स्पोर्ट्स प्रतियोगिता तथा अन्य आकर्षक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा समय सापेक्ष व्यवस्थापन शिक्षा दिनुका साथै व्यावसायिक शिक्षा र स्वरोजगारप्रति उत्प्रेरणा जगाउनु रहेको संयोजक शान्ता महर्जनले जानकारी दिइन्।

कार्यक्रममा स्टार्टअप, स्वरोजगार, पूँजी परिचालन र स्रोत व्यवस्थापनसम्बन्धी विषयमा विज्ञहरूसँग समूहगत छलफलसमेत गरिनेछ। क्याम्पसले बढ्दो मानवीय पूँजीको पलायनलाई रोक्न र देशमै स्वरोजगारको अवसर सिर्जना गर्न फेस्टिभलले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेको छ।