मुक्तिनाथ म्युचुअल फण्ड १को लाभांश घोषणा
वि.सं.२०८२ साउन २१ बुधवार १३:४६
2.54K
shares
shares

काठमाडौं, २१ साउन । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ले लाभांश घोषणा गरेको छ।
फण्डले कर सहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन २० गते बसेको फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।


















