लक्ष्मी सनराइज क्यापिटलका विभिन्न फण्डमा लाभांश घोषणा
वि.सं.२०८२ साउन २१ बुधवार १३:५१
2.48K
shares
shares

काठमाडौं, २१ साउन । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस)ले म्युचुअल फण्डहरूको लाभांश घोषणा गरेको छ। क्यापिटलको मंगलवार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
बैठकले लक्ष्मी उन्नती कोषका लागि २० प्रतिशत, सनराइज फोकस्ड ईक्विटी फण्डका लागि १३.५ प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डका लागि १४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो।


















