सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन २१ बुधवार १५:३०
shares

काठमाडौं, २१ साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.३५ अंकले बढेर २,८३६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन महुली लघुवित्त र ट्रेड टावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ७.९३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी स्वाभीमान लघु्वित्तका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् ।


















