Dhulikhel Eco Banner new

अधिकारी र आचार्य बने धितोपत्र बोर्डको कार्यकारी निर्देशक

10.4K
shares

काठमाडौं, ६ असार । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा डा. नवराज अधिकारी र विनयदेव आचार्यको बढुवा भएको छ । पहिलो नम्बरको उप कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठलाई पछि पार्दै अधिकारी र आचार्य कार्यकारी निर्देशक बनेका हुन् ।

गत २६ जेठमा नै बोर्डले अधिकारी र आचार्यलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको थियो । यद्यपि, उनीहरुले पत्र भने बुझि सकेका छैनन् । बोर्ड अध्यक्ष रमेश कुमार हमाल सोमबार साझ स्वदेश फर्कदैछन् । मंगलबार उनीहरुलाई बढुवाको पत्र दिने बोर्डको तयारी छ ।

बढुवामा नपरेका श्रेष्ठ भने असुन्तुष्ट छन् । अध्यक्ष भन्दा मुनि सबैभन्दा पहिलो वरियतामा रहे पनि अध्यक्ष हमाल विदेश जादा आचार्यले कामू पाएका थिए । थाइल्याण्ड जानु पूर्व अध्यक्ष हमालले श्रेष्ठलाई नै कामू दिने तयारी गरेका थिए । तर श्रेष्ठ सम्पर्कमा नै नआएपछि आचार्यलाई कामू तोकेर हमाल विदेश गएका थिए ।

‘अहिलेसम्म मुक्ति सर नै सिनियर हुनुहुन्छ तर कामू दिने बेलामा अध्यक्षको फोन उठाउनु भएनछ’ बोर्डका एक उच्च तहका कर्मचारीले भने, ‘मेसेजको रिप्लाई पनि नगरेपछि सरले विनय सरलाई कामू दिएर विदेश जानु भएको हो ।’

कामू जिम्बेवारी पाएका आचार्य भने नेतृत्व क्षमता नभएका व्यक्ति हुन् । उनी अन्य कर्मचारीहरुलाई मिलाएर अघि बढाउन समेत नसक्ने व्यक्तिका रुपमा अन्य कर्मचारीहरुले चित्रण गर्ने गरेका छन् । नेतृत्वमा हुनुपर्ने गुण समेत नभएका आचार्यले केही दिन पहिले एक कार्यक्रममा आएको निम्ता समेत अस्वीकार गरेका थिए । उनले आफू कामू भए पनि कार्यक्रममा नजाने र अरुलाई पनि जान नदिने बताएका थिए ।

Follow Up

आचार्यलाई कार्यबाहक तोकेर अमेरिका उडे बोर्ड अध्यक्ष

आचार्यलाई कार्यबाहक तोकेर अमेरिका उडे बोर्ड अध्यक्ष