Dhulikhel Eco Banner new

राजस्व चुहावट मुद्दा प्रारम्भिक निर्णय जिल्ला सरकारी वकिलले गर्ने

3.54K
shares

काठमाडौं, २७ साउन । महान्यायाधिवक्ताको कार्यालयले राजस्व चुहावट सम्बन्धी मुद्दाको अभियोजन प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। अबदेखि यस्तो मुद्दा चलाउने वा नचलाउने प्रारम्भिक निर्णय जिल्ला सरकारी वकिलले गर्ने भएका छन्।

नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नयाँ व्यवस्था लागू गरिएको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत अनुसन्धान समाप्त भएपछि प्राप्त मिसिलको अध्ययन गरी जिल्ला सरकारी वकिलले मुद्दा अघि बढाउने वा नचाल्ने निर्णय गर्न सक्नेछन्।

यदि मुद्दा चलाउनुपर्ने भएमा निर्णयसहित फाइल अनुसन्धान अधिकृतसमक्ष फिर्ता पठाइनेछ। तर सबुद प्रमाण अभावमा मुद्दा नचलाउने निर्णयका लागि जिल्ला सरकारी वकिलले उच्च सरकारी वकिल कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि राखिएको छ।

उच्च सरकारी वकिल कार्यालयबाट निकासा आएपछि मात्रै मुद्दा नचलाउने निर्णय लागु हुनेछ। यस परिवर्तनले अभियोजन प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।