शेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन २९ बिहीवार १६:०३
1.96K
shares
shares

काठमाडौं, २९ साउन । शेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४७ करोड १७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४१ करोड ७७ लाखको कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाखको कारोबार भएको छ ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको २२ करोड ६५ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको २१ करोड ४९ लाखको कारोबार भएको छ ।



















