Dhulikhel Eco Banner new

नेपालमा व्यापार पर्यटन बढाउन र लगानी गर्न लगानीकर्ताहरूलाई सिचाङको आग्रह

663
shares

काठमाडौं, १३ असार । नेपाली महावाणिज्यदूतावास ल्हासाले बिहीबार ल्हासामा आयोजना गरेको नेपालको व्यापार पर्यटन र लगानी सम्भावनाबारेको अन्तर्क्रियामा फङले चीन र नेपाल बीचको सम्बन्ध सदैब सुदृढ रहेको बताउँदै आपसी मित्रता बलियो बनाउन ल्हासास्थित महावाणिज्यदूतावासले पनि महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले भने, ‘आफूले भरखरै नेपाल भ्रमण गरी परराष्ट्र मन्त्री तथा अन्य विशिष्ट पदाधिकारीसँग भेट्दा आपसी सम्बन्ध बलियो भएको पाएँ । हामी बीचमा रहेका सबै विषयहरुमा दुई पक्षबीच छलफल गरेर समाधान खोज्ने गरिएको छ।’

प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका सिचाङ जनसरकारका कार्यकारी उपाध्यक्ष चाङले दुई देशले एक अर्काको सार्वभौमसत्ता भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गरेको चर्चा गरे । उनले ल्हासास्थित महावाणिज्यदूतावासलाई आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न सिचाङ सरकार तयार रहेको बताए ।

कार्यक्रममा सिचाङका परराष्ट्र मामिला कार्यालय, पर्यटन, यातायात, उद्योग, वाणिज्य, मानव संशाधन, भन्सार, अध्यागमन, सीमा सुरक्षा, सार्वजनिक सुरक्षा लगायत सबैजसो विभागका उच्च अधिकारीहरु सहभागी थिए । नेपालमा लगानी गरिरहेका र गर्न इच्छुक चिनियाँ लगानीकर्ताहरु सहभागी कार्यक्रममा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल(चीन र खासगरी नेपाल(तिब्बत सम्बन्ध एकआपसको विश्वास सहयोग र सद्भावमा टिकेको बताए ।

नेपालको व्यापार पर्यटन र लगानी सम्भावनाबारे चिनियाँ सरकार र लगानीकर्ताहरुलाई जानकारी गराई तीनवटै क्षेत्रको विकासमा योगदान पुर्याउन कार्यक्रम आयोजनामा गरिएको उनले सुनाए । सिचाङका महत्वपूर्ण विभागमा भएको आकर्षक सहभागिताबाट आफू उत्साहित भएको महावाणिज्यदूत निरौलाको प्रतिक्रिया थियो । सातौं शताब्दीमा राजकुमारी भृकुटी र तेह्रौं शताब्दीमा अरनिकोले स्थापित गरेको नेपाल(चीन सम्बन्ध हितैषी र सहयोगी भावनाका कारण अझै सुदृढ रहेको पनि उनले बताए ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रको बिरुद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै महावाणिज्यदूत निरौलाले चीनको केन्द्रीय तथा सिचाङ स्वायत्त क्षेत्रको सरकार एवम् चिनियाँ जनताबाट प्राप्त सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरे ।

सो कार्यक्रममा नेपालसँगको व्यापारमा संलग्न चिनियाँ व्यवसायीहरु, ल्हासामा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु, पर्यटन व्यवसायीहरु लगायत एक सयभन्दा बढी सहभागीहरूले नेपालको लगानी संभावनाबारे अन्तर्क्रिया गरेको महावाणिज्य दूतावासले जनाएको छ ।

कार्यक्रममा नेपालको व्यापार पर्यटन र लगानी सम्भावनाबारे वाणिज्यदूत सविन भट्टराईले प्रस्तुती राखेका थिए भने छुट्टाछुट्टै भिडियो प्रस्तुतिहरू समेत गरिएको थियो ।

८बेइजिङबाट सीजीटीएन नेपाली सेवाका पत्रकार, लक्ष्मी लम्सालको सहयोगमा ।