Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

728
shares

काठमाडौं, १२ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार २ अंकले घटेर २६४९.५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा कालिका लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एशिया रिनपत्र २०८८का लगानीकर्ताले ४.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले ४.०५ प्रतिशतका दरले गुमाएका छन् भने माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।