Dhulikhel Eco Banner new

सांसद गेलाल रास्वपा केन्द्रीय सदस्यमा पराजित

1.3K
shares

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उदयपुर क्षेत्र नं. १ बाट जितेका सांसद पारसमणि गेलाल केन्द्रीय सदस्यमा पराजित भएका छन् । कोशी प्रदेश भुगोलबाट उम्मेदवार बनेका गेलालले सम्मानजनक मत समेत ल्याउन सकेनन् ।

५ जना निर्वाचित हुने भुगोलमा उनी ११औँ स्थानमा भए । गेलाल पहिले कोशी प्रदेश सभापतिमा उठ्ने भन्दै उम्मेदवारी घोषणा गरेका थिए । प्रदेश समितिमा लज्जास्पद पराजय बेहोर्ने संकेत देखिएपछि उनी ब्याक हटेका थिए । पछि केन्द्रीय सदस्यमा उठे पनि सम्मानजनक मत ल्याउन भने सकेनन् ।