Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

689
shares

काठमाडौं, १२ असार । शुक्रवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार २ अंकले घटेर २६४९.५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९४ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् भने याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्

त्यसैगरि एनएमबि डिबेन्चर १०.७५प्रतिशत -२०८९/९०का लगानीकर्ताले १०.८१ प्रतिशतका दरले कमाएका छन् भने १० प्रतिशत एनआइएमबि ऋणपत्र २०९०का लगानीकर्ताले ७.११ प्रतिशतका दरले कमाएका छन् ।