Dhulikhel Eco Banner new

शेयर बजारमा ११७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.11K
shares

काठमाडौं, ३ भदौ । मंगलवार शेयर बजार ९.७६ अंकले बढेको छ । शेयर बजार ९.७६ अंकले बढेर २,७८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाएका छन् भने ९ प्रतिशत नेपाल एसबीआई बैंक रिनपत्र २०८९ का लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी लक्ष्मि उन्नती कोषका लगानीकर्ताले ३ .६७ प्रतिशतका दरले गुमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले २.७२ प्रतिशतका दरले गुमाएका छन् ।