मल्टीपर्पस फाइनान्सको सीईओमा पुनः सिंह नियुक्त
वि.सं.२०८२ भदौ १८ बुधवार १३:२६
2.6K
shares
shares

काठमाडौं, १८ भदौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले रजनीश कुमार सिंहलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
नयाँ कार्यकाल भदौ २५ गतेदेखि लागू हुने जानकारी कम्पनीले दिएको छ।
रजनीश कुमार सिंह विगतका कार्यकालमा संस्थाको नेतृत्व गर्दै फाइनान्सको व्यवस्थापन र सेवामा सुधार ल्याउन सफल व्यक्ति मानिन्छन्।














