नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर नप्सेमा सूचीकृत
वि.सं.२०७९ असार ७ मंगलवार १४:३९
5.41K
shares
shares

काठमाडौं, ७ असार । नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले २०७८ पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।



















