निफ्राको लाभांश घोषणा, हेर्नुस् बोनस र नगद कति ?
वि.सं.२०८२ भदौ २० शुक्रवार ११:१३
2.46K
shares
shares

काठमाडौं, २० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहित हो ।
उक्त लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरिएको कम्पनीले जनाएको छ । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ ।

















