Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.83K
shares

काठमाडौं, ९ असोज । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.३५ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन प्रभु बैंक डिबेन्चरका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका छन् भने कालिका पावरका लगानीकर्ताले ६.७२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी गुरास लघुवित्तका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाएका छन् भने सानिमा डिबेन्चरका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले कमाएका छन् ।