श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सर्वसाधारणका लागि खुला
वि.सं.२०८२ असोज २६ आइतवार ०९:४७
shares

काठमाडौं, २६ असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरिरहेको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितहरूका लागि १ लाख ६३ हजार १२५ कित्ता शेयर सुरक्षित गरी निष्कासन गरिसकेको छ।
अब बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यसमध्ये सामूहिक लगानी कोषहरूका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १ लाख २३ हजार ९७५ कित्ता शेयर छुट्याइएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज २९ गते तोकिएको छ। यदि तोकिएको म्यादभित्र पूर्ण आवेदन नपरेमा म्याद कार्तिक १० गतेसम्म लम्बिन सक्नेछ।
यस आईपीओको बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ।

















