युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असोज ३१ शुक्रवार ०९:५७
shares

काठमाडौं, ३१ असोज। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नैनामति चौधरीको नाममा रहेको ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार उक्त शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला गरेकोमा तोकिएको अवधिभित्र आवेदन नपरेपछि अब सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
शेयर किन्नका लागि निवेदन दिंदा कम्तीमा १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने प्रतिकित्ता न्यूनतम शेयर मूल्य १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।
उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनी वा सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित बाँके कोहलपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

















