Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटी युनियन पे सेवा सुरु

2.78K
shares

काठमाडौ, ३१ असोज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि क्युआर ग्लोबल एप्लिकेसन आधारित कार्ड सेवा सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको क्युआर कार्ड सेवा अब सांग्रिला बैंकमार्फत उपलब्ध भएको हो।

असोज २९ गतेदेखि सुरु भएको यस सेवाअन्तर्गत सांग्रिला बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखामा गई सजिलै क्युआर कार्ड प्राप्त गर्न सक्नेछन्। बैंकले विश्वास लिएको छ कि यस सेवा सुरु भएपछि डिजिटल भुक्तानी प्रणाली अझ सहज, सरल र सुरक्षित हुनेछ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हाल देशभरका २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत क्युआर कार्ड वितरण गरिरहेको छ।

क्युआर नेपालको पहिलो स्वदेशी (डोमेस्टिक) कार्ड स्किम हो, जसले आफ्नो ‘स्मार्ट स्विच’ नामक कार्ड स्विचिङ संरचनामार्फत क्युआर कार्ड तथा एससीटी कार्ड जारी गर्ने, साथै युपिआइ, जेसीबी, एनपीसीआई लगायतका कार्डहरू स्वीकार गर्ने सेवा प्रदान गर्दै आएको छ।

यसका साथै क्युआरले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई भुक्तानी गेटवे, अन्तरबैंक भुक्तानी सेवा (आईपीएस), मोबाइल बैंकिङ सेवा लगायत डिजिटल भुक्तानीसम्बन्धी अन्य प्रविधिमैत्री सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।