प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असोज ३१ शुक्रवार १०:१४
shares

काठमाडौं, ३१ असोज। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

















