Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.24K
shares

काठमाडौं, २० कात्तिक । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.२९ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ४१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा दरमखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन माबीलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले ८.१५ प्रतिचशतका दरले कमाएका छन् ।

त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ७.९७ प्रतिशतका दरले कमाएका छन् ।