Dhulikhel Eco Banner new

बेलकामा करारका कर्मचारी धेरै भन्ने कांग्रेसले हटाउला कर्मचारी ?

14.95K
shares

उदयपुर, १० असार । उदयपुरको बेलका नगरपालिकाले करारका कर्मचरी हटाउने संकेत गरेको छ । करारका कर्मचारीको विषयमा कार्यदल बनाउने भएको छ । नगर सरकारका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष पदम खड्काका अनुसार बेलका सरकाले कार्यदल बनाउने भएको हो ।

प्रवक्ता खड्काले केटिएम भ्वाइसलाई दिएको जनाकारी अनुसार बेलकाले छानमीन समित बनाएर आवश्यक्ता अनुसारको कर्मचरी मात्र राख्ने बताएका हुन् ।

खड्का भन्छन्, ‘करारका कर्मचारीको विषयमा हाम्रो छलफल भैरहेको छ, हामी कुनै ठोस निर्णयमा पुगेको छैन, एउटा कर्यदल गठन गरेर आवश्यक कर्मचारी राख्ने अनाआवश्यक हटाउने भन्ने कुरा भएको छ, यो नगर सभाबाट कार्यदल गठन हुन्छ ।’

अहिले बेलका नगरमा नेपाली कंग्रेसबाट निर्वाचित मेयर अशोक कार्की छन् । यो भन्दा अघिल्लो कार्यकाल नेकपा एमालेबाट मेयरमा दुर्गा कुमार थापा (स्वस्ती) थिए । स्वस्ती हुँदा बेलकाको कांग्रेस लगाएत ५ पार्टीले नगरमा रहेका कर्मचारी आवाश्यत्ता भन्दा धेरै भएको भनेको थियो ।

२०७८ असार २ गते कांग्रेसका नगर सभापति शुशिल शेढाइ, माओवादीका अध्यक्ष मनोज तामाङ, जसपाका अध्यक्ष सुरेन्द्र राई, राप्रपाका अध्यक्ष टिकाराम शर्मा र नेकपाका गोपल खरेलले हस्ताक्षेर गरेको विज्ञप्ती निकालेको थियो ।

जसमा भनेको थियो, ‘बेलका नगरपालिका भरि विभिन्न सेवा, समुह, उप–समुहमा विभिन्न तवरले नियुक्ति पाई हाल कार्यरत कर्मचारीहरुको संख्या अत्याधिक भएको हाम्रो वैठकाको निर्कष रहेको र जनताको विका निर्माणमा खर्च गरिनु पर्ने रकम तलब भक्ताको नममा दुरुप्रयोग भएको शो सम्बन्धि छुट्टै छालमिन कार्यदल गठन गरि आवश्यक कर्मचारी मात्र व्यवस्थापन गर्नु पर्ने ।’

बेलका नगरका सुचना अधिकारी चेतनाथ गौतमका अनुसार बेलकामा एक सय ६९ जना कर्मचरी रहेका छन् । अहिलेको अबस्थामा हेर्ने हो भने बेलकामा करारका कर्मचारी बढी नभएको भट्टराईको भनाई छ ।

करारका कार्मचारीको सम्झौता यो असार मसान्तमा सकिन्दै छ । बेलकाको नगर सभाबाट करार थप गर्ने नगर्ने निर्णय गरेपछि त्यसको टुंगो लाग्ने छ ।

सच्चाइएको : यो समाचारमा सुचना अधिकारी चेतनाथ गौतम हुनु पर्नेमा पुस्कर भट्टराई भएकोमा सच्चाइएको छ ।