एकैदिन प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक ३० आइतवार १०:५५
3.33K
shares
shares

काठमाडौं, ३० कात्तिक । स्थानीय बजारमा आइतवार सुनको मुल्य उच्च अंकले घटेको छ । सुनको मूल्य प्रतितोला ६ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ४९ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य पनि १५० रुपैयाँले घटेको छ । शुक्रवार ३ हजार २८५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आइतवार ३ हजार १३५ रुपैयामा कायम भएको छ ।















