Dhulikhel Eco Banner new

आशा लघुवित्तको लाभांश घोषणा

2.86K
shares

काठमाडौं, ३० कात्तिक । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।