कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारका सेवामा छुट
वि.सं.२०८२ मंसिर ८ सोमवार १२:३१
shares

काठमाडौं, ८ मंसिर । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकहरूलाई विशेष सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बन्दिपुर केबल कारले उपलब्ध गराउँदै आएको केबलकार टिकट, स्काई साइकलिङ, जिप–लाइन तथा डाइभ–इन रेष्ट्रोमा कुमारी बैंकका ग्राहकले १३ प्रतिशतसम्मको छुट पाउनेछन् ।
यो सम्झौता मिति २०८२/०८/०७ गते बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र बन्दिपुर केबल कारका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच हस्ताक्षर गरिएको हो ।
२४ वर्षदेखिको निरन्तर सेवाका साथ कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउण्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि ग्राहकलाई अझ सरल, सुलभ र उत्कृष्ट सेवा उपलब्ध गराउने तथा यस्तै सहकार्यहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।



















