Dhulikhel Eco Banner new

कालिञ्चोक दर्शनको लाभांश घोषणा

2.57K
shares

काठमाडौं, ११ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडको लाभांश वितरण गरेको छ। मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव कम्पनीको अब हुने ११औं वार्षिक साधारणसभामा पेश गरिनेछ र साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूलाई वितरण गरिनेछ।