Dhulikhel Eco Banner new

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

2.51K
shares

काठमाडौं, ११ मंसिर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँ चुक्ता पूँजी आधार मानेर कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमध्ये ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (करसहित) राखिएको बैंकले जनाएको छ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो १३औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्। कम्पनीका सचिव हरि बहादुर बुढाथोकीका अनुसार स्वीकृत प्रक्रिया पूरा भएपछि लाभांश वितरण कार्य सुरु गरिनेछ।