रोनाल्डिन्होको टोलिसँग भिड्दै रोहितको टोलि
वि.सं.२०७९ असार १० शुक्रवार १७:४३
shares

काठमाडौं, १० असार । नेपाली टोलीका मिडफिल्डर रोहित चन्दले चर्चित ब्राजिलियन फुटबरल रोनाल्डीन्हो विरुद्ध खेल्ने भएका छन् । इण्डोनेसियामा व्यवसायी फुटबल खेलिरहेका रोहितले रोनाल्डीन्होको टोलि विरुद्ध खेल्ने भएका हुन् ।
रोहितको टोली पेर्सिकले रोनाल्डीन्होको टोलि विरुद्ध आइतबार खेल्ने तालिका रहेको छ । इण्डोनेसियाको लिग सुरु हुन बाँकी रहेको छ । लिगकोभन्दा पहिलेको प्रिसिजनको तयारीमा रहेको पेर्सिकलले इण्डोनेसियाको प्रतिष्ठित प्रेसिडेन्ट कप पनि खेलेको थियो । सो प्रतियोगितामा रोहितको टोली समूह चरणबाटै बाहिरिएको थियो ।
उता पेर्सिकले रोनाल्डीन्होसँग खेल्ने कुराको पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । ब्राजीलका लागि विश्वकप, कोपा अमेरिकादेखि लिएर व्यक्तिगत रुपमा प्रतिष्ठित बेलन डि ओर अवार्ड समेत जितिसकेका रोनाल्डीन्होले व्यवसायीक रुपमा पिएसजी, बार्सिलोना, एसी मिलान जस्ता क्लबहरुबाट खेलेको पनि फुटबल खेलेका छन् ।
यसै सिजन इण्डोनेसियाको दोस्रो डिभिजन लिगा टु बाट शिर्ष लिग लिगा वानमा बढुवा भएको क्लब हो, रेन्स नुसनतारा एफसी । र यो क्लब चर्चित इण्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा छ ।
आफ्नो क्लब लिगा वानमा बढुवा भएपछि क्लबका यी दुई मालिकले आफ्ना समर्थकहरुलाई सरप्राईज दिने क्रममा गत मार्चको अन्तिमतिर फुटबल लिजेण्ड रोनाल्डीन्होलाई इण्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।
पेर्सिकले खेलेको पछिल्ला दुई खेलहरुमा रोहित चन्दले लगातार पहिलो रोजाई मै रहेर खेलेका छन् । र उनको प्रदर्शन सन्तोषजनक रहेको छ । जसका कारण उनले सो खेलमा खेल्ने सम्भावना पनि रहेको छ ।














