Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि

3.86K
shares

काठमाडौं, ३ पुस । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.६६ अंकले घटेर २,६१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोडको कारोबार भएको हो ।

दोहारो अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्त र एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।